+
+

काठमाडौं आइपुग्यो दशैं‌मा सरकारले बेच्ने खसीबोका

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते २०:२२

१२ असोज, काठमाडौं । सरकारले दशैंका लागि बिक्री गर्न खरिद गरेको खसी बोका काठमाडौं ल्याइएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार थोरै मात्रामा खसी र च्यांग्रा सोमबार बिहानसम्म काठमाडौं आइसक्ने छ ।

सोमबार बिहान मन्त्रालयमा बस्ने बैठकले खसी बोका र च्याग्रांको मूल्य तोकिने महाप्रबन्धक गौचनले बताए । हेटौंडामा किनेको जिउँदो खसीको मूल्य प्रतिकिलो ५७०र दाङमा किनेको प्रतिकिलो ५३५ रुपैयाँ छ ।  यस्तै म्याग्दीबाट ल्याइने च्यांग्राको जिउँदोको खरिद मूल्य प्रतिकिलो सात सय हाराहारी परेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ढुवानी खर्च समेत जोडेर हेर्दा केही महँगो लागत परे पनि घाटै खाएर भए पनि खसी र बोका सहुलिय तदरमा बिक्री गरिने छ । सरकारले यस वर्ष खाद्य व्यवस्था तथा व्यपार कम्पनीमार्फत काठमाडौंमा ३ हजार खसी बोका तथा च्याग्रां बिक्री गर्दैछ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?