Comments Add Comment

दशैं आयो !

१३ असोज, काठमाडौं । घटस्थापनासँगै असन बजारमा दशैंको चहलपहल बढेको छ ।

असन अरुबेला पनि भीडभाड हुने बजार हो । यहाँ दैनिक उपभोग्य बस्तुदेखि लुगाफाटो, गरगहना किन्नेहरु असनमै पुग्छन् । दशैं लागेपछि यो भीड बढ्दो छ । असन बजारमा छिर्न मुस्किल हुन्छ । किनमेलका लागि कपडा, खाद्यान्न, जुत्ताचप्पल, सुनचाँदी, भाँडाकुँडा लगायतका पसलमा भीड लागेको छ ।

असनसँगै रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, भोटाहिटी, बसपार्क, लगनखेल, चावहिल, कोटेश्वर, बानेश्वर लगायतका बजारमा ग्राहकको भीड लागेको छ ।

व्यवसायीहरुलाई पनि फुर्सद छैन । उपत्यकामा अन्य बेलाभन्दा दशैंमा शत प्रतिशत बढी व्यापार हुने गरेको भोटाहिटीकी कपडा ब्यापारी रेजिना थापाले बताइन् । ‘यो समयममा गरेको ब्यापारले वर्षभरि घटेको ब्यापारको घाटा पुर्नुपर्छ,’ उनने भनिन्, ‘दशैंका बेला सकेसम्म ग्राहकलाई रित्तै फिर्ता पठाउँदैनौं ।’

असनका भाडा ब्यापारी रोमन प्रजापति यो सयममा हुने ब्यापारलाई बोनस मान्छन् । ‘ठग्नु भएन, आफ्नो मोल भनेपछि मूल्य ठीक लाग्नेले सामान उठाइहाल्छन्,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment