+
+
WC Series
पोखरा एभेन्जर्स 2025
137/5 (17.2)
VS
१६ बलमा २९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

५६ लाख ६० हजार घरघुरीमा शौचालय !

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १७:१४

१३ असोज, काठमाडौं । सोमबार राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र बनेको घोषणा गरे । लगत्तै आतिसबाजी भयो, सहभागीहरुले खुशियाली मनाए ।

खानेपानी तथा सरसफाइ मन्त्रालयकाअनुसार ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएका छन् ।

१० असार २०६८ मा तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेका थिए । अहिले सबै स्थानीय तह, जिल्ला र प्रदेश खुला दिसामुक्त भइसकेका मन्त्रालयले जनाएको छ ।

तर जिल्लाका केही घरधुरीमा अझै पनि चर्पी नभएको हुनसक्ने मन्त्री विना मगरले स्वीकार गरेकी छन् ।

‘जनतालाई पानीको पर्याप्त सुविधा पुर्‍याउने हाम्रो लक्ष्य पूर्णतः हासिल भइसकेको छैन । बसाइसराइ, अंशबण्डा र नयाँ घर बन्ने क्रममा तत्काल व्यवस्थित चर्पी निर्माण गर्न नसकिने केही बाध्यात्मक अवस्था पनि रहन्छ’ उनले भनिन्, ‘खुला दिसामुक्त राष्ट्र घोषणा गरेपछि चर्पी निर्माणको औचित्य सकिँदैन ।’

उनले सार्वजनिक शौचालय निर्माण नरोकिनेसमेत बताइन् । खुला दिसामुक्त राष्ट्र घोषणाले आंशिक रुपमा पूर्ण हुन बाँकी रहेका कार्यलाई अघि बढाउन थप प्रेरणा र दबाब सिर्जना गर्दछ भन्ने तथ्य बिर्सन मिल्दैन’ मन्त्री मगरले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?