
२२ असोज, काठमाडौं । आसन्न चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वतयारी स्वरुप काठमाडौँका विभिन्न स्थानमा भएको सडक मर्मत कार्यको बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सोल्टीमोडस्थित सडकमा भेटिएका मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए ।
सोहीस्थलमा मन्त्रीका साथ पुगेका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए ।
काठमाडौँ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ । सी शनिबार नेपाल आउँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4