
२६ असोज, बुटवल । बर्षाैदेखि सडकमा जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवले यसपाली टीका लगाएपछि निकै खुसी भएका छन् ।
आफ्ना आमा बुवा, परिवारजन, आफन्तजनबाट टाढा रहेका वा गुमाएका मानिसहरुले दशैंको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका दिन सामुहिक टीका ग्रहण गरेका हुन् ।
बुटवलको मिलनचोकमा रहेको मानवसेवा आश्रममा आश्रित ७० जनाले प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको हातबाट दशैंको टीका लगाएका हुन् ।
उनीहरुलाइ टीका,जमरा र मिठाइ प्रदान गरिएको हो । मन्त्री बरालले आफुले टीका नलगाउने र अरुलाई पनि नलगाइदिने भए पनि यसवर्ष आश्रममा रहेकाहरुलाई टीका लगाइदिन आएको बताए ।
सिद्धबाबामा भिक्षा माग्न निषेध
मठ मन्दिर, सडकपेटीमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताए प्रदेश ५ मा मागेर खाने प्रवृत्तिको अन्त्य हुने उनको दाबी छ ।
मन्त्री बरालले सोमबारदेखि शिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गर्दै प्रदेशका सबै मठ मन्दिरमा लागु गरिने बताए । मागेर खानु पर्ने बाध्यताको सरकारले अन्त्य गरेर छाड्ने उनको दाबी छ ।
सडकको जीवनबाट मानवीय जीवनमा प्रबेश गराइएका उनीहरुलाई सामूहिक टीका लगाइदिने ब्यबस्था मानवसेवा आश्रम रुपन्देहीले गरेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
प्रतिक्रिया 4