+
+

राष्ट्रपतिको म्यानमार भ्रमणमा नेवानिको जहाज चार्टर्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १ गते ०:३७

३० असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणका दौरान सरकारले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२०-२०० चार्टर्ड गरेको छ । राष्ट्रपति बुधबार नेवानिको जहाजमार्फत म्यानमार पुगेकी हुन् ।

म्यानमार र नेपालबीच सिधा हवाई सम्पर्क स्थापित भएको छैन । सोही कारण राष्ट्रिय ध्वजाबाहक जहाज चढेर राष्ट्रपति म्यानमार पुगेकी हुन् । राष्ट्रपतिलाई म्यानमार पुर्‍याएर जहाज बुधबार नै काठमाडौं फर्किएको नेवानिका प्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपतिको भ्रमणका लागि चार्टर्ड गर्दा नियमित उडान प्रभावित नहुने प्रबन्ध मिलाइएको थियो । ‘पहिलेदेखि नै योजनावद्ध रुपमा हुने भ्रमणमा सोहीअनुसार उडान तालिका मिलाइएको हुन्छ,’ उनले भने, ‘यो उडानका कारण बुधबार कुनै पनि नियमित उडान प्रभावित भएनन् ।’

निगमका न्यारोबडी जहाज औसतः दैनिक ७ घण्टा हाराहारी उडिरहेका छन् । पूर्ण क्षमतामा उड्दा यी जहाज दैनिक ९/१० घण्टासम्म समेत उड्न सक्छन् । सरकार र निगमले चार्टर्ड गर्दा लाग्ने लागत भने सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?