
१ कात्तिक, काठमाडौं । प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ ।
विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
मात्रा नपुर्याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको महाशाखाका एक अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4