+
+

कर्मचारीको मिलमतोमै साटियो धितो जग्गा !

विकास रोकामगर विकास रोकामगर
२०७६ कात्तिक २ गते १८:०३

२ कात्तिक, पोखरा । मुख्य क्षेत्रमा पार्किङको ठेक्का लिएको अशेष निर्माण सेवाले डेढ करोड बढी रकम नबुझाएपछि पोखरा महानगरपालिकाले असुल उपर समिति नै बनाएको छ ।

दुई वर्षका लागि ठेक्का पाएको यो कम्पनीको सम्झौता एक वर्ष अगाडि नै सकिएको हो । तर तर १ करोड ६२ लाख उठाउन बाँकी छ । बक्यौता असुल उपर गर्न पोखरा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजूको संयोजकच्त्वमा तीन सदस्यीय समिति बनेको छ ।

महानगरले हाल १ करोड रुपैयाँ बैंक ग्यारेन्टीबाट असुल्ने र बाँकी ६२ लाख धितो राखेको जग्गाबाट असुल्ने बताएको छ । ‘महानगरले आफ्नो रकम जसरी पनि असुल्छ, त्यसका लागि सूचना प्रकाशित गर्छौं । जग्गाधनीले सूचना बमोजिम पैसा बुझाउन आए फुकुवा हुन्छ । नत्र लिलामी प्रक्रियामा जान्छौं,’ समितिका सदस्य शिवहरि शर्माले भने ।

साटियो धितो जग्गा !

पार्किङको ठेक्का लिएको कम्पनी अशेष निर्माण सेवाले सुरुमा बैंक ग्यारेन्टी कृष्णकला केसीको नाममा पोखरा १० मा रहेको ३ सय ३३ वर्गमिटर जग्गा राखेको थियो ।

तर, हाल यो जग्गा धरौटीमा देखिँदैन, फुकुवा भइसकेको छ । २०७४ चैत ९ गते नै फुकुवा भइसकेको छ । त्यसको सट्टा तनहुँ जिल्लाको साविक छाङ गाविसमा उमेश गौतमको नाममा रहेको २७ रोपनी जग्गा रोक्का भएको छ, जुन जग्गा २०७४ कात्तिक ६ गते रोक्का भएको देखाइएको छ ।

‘पोखराको जग्गा फुकुवा कहिले भयो ? पोखरामा धरौटी राखेको परिवर्तन भएर जग्गा कसरी तनहुँ पुग्यो ? मलाई महानगरले कुनै जानकारी दिएको छैन,’ अशेष निर्माण सेवाका ऋषिराम गौतमले भने, ‘कर्मचारीको मिलेमतोमा फसाउन खोजिरहेका छन् ।’ उनले आˆनो कम्पनीका लागि रोक्का गरिएको जग्गा आफूलाई जानकारी नै नदिई साटफेर गरेको आरोप लगाए ।

महानगरका कर्मचारी पनि अनभिज्ञता प्रकट गरिरहेका छन् । महानगर राजस्व शाखा अधिकृत छविलाल शर्मा पनि धितो राखेर रोक्का भइसकेको जग्गा साटफेर गर्न नमिल्ने बताए । ‘यसरी यताको उता, उताको यता त गर्न नमिल्ने हो,’ उनले भने ।

हाल धितोमा रहेको तनुहँ छाप्देको जग्गा रोक्का र पोखरा १० मा फुकुवा भएको जग्गामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलको हस्ताक्षर छ । पौडेलकै मिलेमतोमा रोक्का महानगरले रोक्का गरेको जग्गा साटफेर गरेको आरोप महानगर स्रोतको छ ।

महानगरसँग भएको अभिलेखमा तनहुँ छाङको जग्गा रोक्का भएको ५ महिनापछि पोखराको जग्गा फुकुवा भएको देखिन्छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?