+
+

सभामुखमा कांग्रेसको दाबी रहन्छ : लेखक

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १६:३०

५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने उनले बताए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता लेखकले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क गरे ।

सभामुख र उपसभामुख पद एउटै दलले राखेर संविधान विपरितका गतिविधि अव हुन नदिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?