+
+

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १५:४१

८ कात्तिक, काठमाडौं । रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका-९ सल्यानी पधेंरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक सानोभेरी गाउँपालिका-१ का २२ वर्षीय महेन्द्र बिक र ट्याक्टरमा सवार सोही ठाउँका २७ वर्षीय चन्द्र बहादुर बिक रहेका छन् ।

चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे.१ त ५१०७ नम्बरको ट्याक्टर बिहीबार साँझ सडकबाट करिब २० मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?