+
+

गृहमन्त्रीको छोराको डीएनए परीक्षण गर्नुपर्छ : तरुण दल

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते १५:०३

१० कात्तिक, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको भातृसंगठन तरुण दलले आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘मैले धेरैचोटी भनिसकेको छु, गृहमन्त्री रामबहादुर थापाज्यू तपाईंको छोरामाथि बलात्कारको आरोप लागेको छ, मलाई/तरुण दललाई गलत सावित गर्न एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं ।’

२०७५ साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकिरहेका बेला बस्नेतले यस्तो धारणा राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?