+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

स्कोरपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १३ गते ८:२८

१३ कात्तिक, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नम्बरको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा ६६प ९३८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् ।

स्कुटरलाई ठक्कर दिने स्कोरपियो र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?