+
+
Shares

नेकपा सचिवालयले उम्मेदवारको टुंगो लगाएन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १६ गते १३:५८

१६ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपचुनावका लागि उम्मेदवारहरुको टुंगो लगाउन शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक विना निश्कर्ष टुंगिएको छ ।

कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका साथै  तीनवटा प्रदेशसभा सदस्यहरु र धरानका मेयरको उम्मेदवारी टुंगो लगाउन शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो ।

करिब ३ घण्टासम्म चलेको बैठकमा उम्मेदवारहरुबारे छलफल सुरु भएको र आइतबारको बैठकले अन्तिम निर्णय गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

पार्टीले कास्की क्षेत्र नम्बर २ मा स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने चर्चा चले पनि यसको अन्तिम टुंगो आइतबारको बैठकबाट मात्र लाग्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि करिब ३ घण्टासम्म बसेको बैठकले भक्तपुर, दाङ र बाग्लुङमा प्रदेशसभा सदस्यका उम्मेवारका विषयमा पनि छलफल गरेको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा पनि नेताहरुवीच छलफल भएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?