१७ कात्तिक, चितवन । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले कांग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गरेकी छन् ।
पत्रकारसँग आइतबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दाबी गरिन् । उनले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा कांग्रेस एक ठाउँमा हुने गरेको बताइन् ।
कांग्रेस मिलेर जाँदा कुनै शक्तिले पनि जित्न नसक्ने कोइरालाले दाबी गरिन् । निर्वाचनपछि कांग्रेस बलियो बन्दै गएको बताउँदै उनले भनिन्, “जुन अवस्थामा कांग्रेस थियो, त्यही अवस्थामा कांग्रेसलाई फर्काउने प्रयत्नमा हामी रहेका छौँ ।”