+
+

भगवान कोइराला भन्छन् – जे भयो, ठीकै भयो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते २१:१५

१७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पहिलो नम्बरमा सिफारिस भएका डा. भगवान कोइराला एकाएक नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भए । यसले त्रिवि उपकुलपतिमा भने मेडिकल काउन्सिलको निवर्चतमान अध्यक्षा डा. धर्मकान्त बास्कोटालाई नियुक्त गर्ने बाटो खुलेको छ ।

यो निर्णयसँगै धेरैले डाक्टर कोइरालालाई सोधे, ‘चर्चा एकातिर नियुक्ति अर्कैतिर ?

तर उनले भने यसलाई स्वभाविक मानेका छन् । ‘म त्रिवीको उपकुलपति बन्न चाहन्नथेँ, चिकित्सा शिक्षा आयोगमा काम गर्न पनि रुचि थिएन’ उनले भने, ‘काउन्सिलमा बसेर धेरै काम गर्न सकिन्छ । मलाई आकर्षक ठाउँमा भन्दा सामान्य ठाउँमा बसेर जनताले महशुष हुने गरी काम गर्न मन लाग्छ।जे भयो, ठीकै भयो।’

डाक्टर कोइराला जस्तै त्रिवि उपकुलपति हुने लाइनमा रहेका बास्कोटाले पनि यो निर्णय स्वाभाविक मान्छन् । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा बोलाएर उपकुलपति बनाउन लागेको जानकारी दिएको उनले सुनाए ।

उनले अनलाइनखबरसँग भने, ‘कोइराला काउन्सिलमा जान इच्छुक देखिएकाले तपाईँलाई त्रिविको उपकुलपतिमा सिफारिस गर्न लागेका छौँ भनेर प्रम ओलीले जानकारी दिनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?