+
+

ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल, पारस, सन्दीप र साेमपाल नखेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते ७:५९

१८ कात्तिक, काठमाडौं । नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो ।

नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । यद्यपि, आजको खेलमा पूर्वकप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी नखेल्ने भएका छन् ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फर्ष्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?