Comments Add Comment

जब छोरी किशोरावस्थामा पुग्छन्

आमा-छोरीको सम्बन्ध निकै नै मायालु तथा अनौठो हुन्छ । उनीहरु दुबैले केही नबोलिकनै एक-अर्काको मनको कुरा बुझिसक्छन् । तर, उमेर एउटा त्यस्तो अफ्ट्यारो खुड्किलो हो, जहाँ आमाले आफ्नी छोरीसँग केही अलग कुराहरु पनि सेयर गर्नु पर्ने हुन्छ । ती कुराहरु प्रायः हरेक आमाले आफ्नो किशोरी अवस्थामा पुगेकी छोरीसँग गर्नुपर्छ । त्यसले सम्बन्धलाई त मजबुत बनाउँछ । साथै, तपाईंकी छोरी तपाईंको उक्त समझदारीपना देखेर तपाईंसँग कुनै पनि कुरा लुकाउँदिनन् ।

पूर्व प्रेमीका बारेमा जानकारी लिनुपर्छ

यदि तपाईंकी छोरी टिनएजर छिन् भने उनको कुनै प्रेमी हुनसक्छ । उनको सम्बन्ध र हिमचिम कसैसँग छ भने त्यो बारेमा जानकारी लिँदै गर्नुपर्छ । भलै उनीहरुको प्रेममा अवरोध नगर्नुहोस् । तपाईंकी छोरीले कुनै गलत व्यक्तिलाई पो मन पराइरहेकी छिन् कि ?

साथीहरुको बारेमा पनि थाहा पाउनुपर्छ

यदि तपाईं आफ्नी छोरीको सबैभन्दा नजिककी साथी हुनुहुन्छ भने त यो भन्दा राम्रो कुरा अरु केही पनि हुँदैन । तर, तपाईंकी छोरीको कोही अरु नै नजिककी साथी छिन् भने तपाईंलाई उनका बारेमा पनि प्रशस्त जानकारी हुनैपर्छ ।

आफन्तको व्यवहार कस्तो छ ?

यो उमेरको क्रममा धेरै पटक तपाईंका आफन्तहरुले नै तपाईंकी छोरीसँग अभद्र व्यवहार गर्न सक्छन् । यदि त्यस्तो हो भने त्यो कुराको जानकारी तपाईंहरु हुँदै हुँदैन । त्यसैले तपाईंले आफ्नै छोरीलाई कुनै आफन्तले नराम्रो नजरले पो हेरिरहेको छ कि भन्ने कुराका बारेमा जिज्ञासा राख्नुपर्छ ।

डिप्रेशनका बारेमा पनि प्रश्न सोधौं

जब कसैलाई डिप्रेशन हुन्छ । तबमात्र त्यसका बारेमा जिज्ञासा राख्नुपर्छ भन्ने छैन । यो कसैको रायका लागि पनि सोध्न सकिन्छ । यदि तपाईंको छोरी यो प्रश्न सुनेर गम्भीर हुन्छिन् भने त्यसको अर्थ के हुन्छ भने उनी आफ्नो वरपरको माहोलप्रति निकै सजग छिन् । उनलाई आफ्नो उमेरभन्दा बढी जानकारी छ । किनभने उनले डिप्रेशन जस्तो घातक बिमारीलाई अन्य कुरालाई जस्तो मजाक उडाउँदिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment