+
+

अमेरिकालाई नेपालको जवाफ : आतंकवादप्रति बेखबर हुने नीति छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १९:०१

२१ कात्तिक, काठमाडौं । सरकारले आतंकवादप्रति नेपाल बेखबर नरहेको अमेरिकालाई जवाफ दिएको छ । केही दिनअघि अमेरिकाले आतंकवादको खतरासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याएको थियो ।

यसबारे नेपालको धारणा के हो ? भन्दै बिहीबार सोधिएको प्रश्नमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने, ‘अमेरिकाले नेपालमा आतंकवादीहरुको चलखेल हुन सक्ने भनेर औंल्याएकोप्रति धन्यवाद दिन चाहन्छु । आतंकवादप्रति नेपालको स्पष्ट धारणा छ– तिनीहरु प्रति बेखबर हुने हाम्रो नीति छैन ।’

नेपाल शान्ति सुशासन र आतंकवालद वा गैरकानुनी मानवजातिका विरुद्धका जुनसुकै गतिविधिमा नेपाल चुप लागेर नबस्ने उनले बताए ।

अमेरिकाले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सुरक्षा अपर्याप्त र कमजोर रहेको तर्क गर्दै आतंकवादको खतरा औंल्याएको थियो ।

विमानस्थलमा यात्रुहरुको ‘प्रिस्कृन’ नगरिने, अवतरण गर्ने यात्रुको तथ्यांक कुनै पनि डाटावेशमा नराखिने, ट्राभल डकुमेन्टको सुरक्षासम्बन्धी कुनै व्यवस्था नभएको, डकुमेन्टको परीक्षणका लागि अल्ट्राभ्वाइलेट लाइटको विमानस्थलमा अभाव रहेको लगायतका विषयलाई समेत अमेरिकाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?