
Photo Credit : भारतीय नक्साको विरोधमा प्रमुख प्रतिपक्ष दल कांग्रेसनिकट नेविसंघले राजधानीमा शुक्रबार गरेको विरोध प्रदर्शन ।
२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेवि संघ) ले प्रदर्शन गरेको छ ।
पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए । चाबहिल चोक हुँदै पुनः क्याम्पस नै आएर कोणसभामा परिणत भएको सभालाई सम्बोधन गर्दै नेविसंघ नेता प्रेम जोशी, लीलावल्लभ दाहाल, मनोज वैद्यलगायतले नक्सा सच्याउन माग गरे ।
भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ । यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4