+
+

बाराबाट पक्राउ परे एक फरार अभियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते २०:२०

२२ कात्तिक, काठमाडौं । बारा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना अभियुक्तलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका-६ मझरियाका गजानन्द यादव रहेका छन् ।

२०७५ कात्तिक ३० गते बिहान महागढीमाई नगरपालिका-६ मझरिया बस्ने २१ वर्षीया किरण देवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा यादवलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको समेत खोजी भइरहेको र यादवलाई जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?