+
+

भारतीय नयाँ नक्सा प्रकरण : जनकपुरमा मोदीसँगै ओलीको पुत्ला जलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते १८:३५

२४ कात्तिक, जनकपुरधाम । भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभाग समेटेको र नेपालका प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आइतबार जनकपुरधाममा दुबै देशका प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्रधी नरेन्द्र मोदीको पुत्ला एकैपटक जलाइएको हो ।

मोहन बैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) र जनगणतान्त्रिक मोर्चा धनुषाका नेता/कार्यकर्ताले स्थानीय जनक चोकमा ओली र मोदीको पुत्ला जलाएका हुन् ।

भारतले नेपाली भूभागलाई जोडेर नक्सा सार्वजनिक गरिरहँदा समेत प्रधानमन्त्री ओली चुप लागेर बसेपछि दुबैको पुत्ला जलाइएको नेकपा माओवादी (क्रान्तिकारी) का धनुषा सेक्रेटरी शितल कर्णले बताए ।

भारतले आफ्नो नक्सामा समेटिएको नेपाली नक्सा नसच्याइए र प्रधानमन्त्रीले चासो नलिए कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?