+
+

भद्रपुर विमानस्थल १० दिन बन्द, विराटनगरमा अतिरिक्त उडान हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते १२:३०

२५ कात्तिक, काठमाडौं । झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ । यहाँ साविकमा भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन् ।

वायुसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ । भद्रपुर नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । यस विमानस्थलमा नेपाल एयरलाइन्ससँगै बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?