+
+

सरकारलाई कांग्रेसको आग्रह : डा. केसीसँग वार्ता गर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २६ गते १५:४१

२५ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीसँग वार्ता गरेर उनका जायज मागहरु पुरा गर्न आग्रह गरे ।

‘डा. केसीको जीवन लक्षाका लागि तत्काल बार्ता टोली गठन गरेर जायज माग पूरा गर्ने अग्रसरता सराकारले लेओस् भन्नी अपिल र आग्रह गर्न चाहन्छौं’, उनले भने ।

सातबुँदे माग राखेर डा. केसी ८ दिनदेखि डडेल्धुरामा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था गम्भीर भइसकेको छ । तर सरकारले वार्ताको प्रयास गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?