+
+

रुरुमा वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १४:५०

२७ कात्तिक, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका-६ मा रिक्त रहेको अध्यक्ष पदका लागि ३ जनाले उम्मेद्वारी दिएका छन् ।

रुरु क्षेत्र गाउँपालिकाको बलेटक्सारमा रहेको निर्वाचन कार्यालयमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट गिरिप्रसाद सिन्जाली र नेपाली कांग्रेसबाट बेदप्रसाद दर्लामीले उम्मेदवारी दर्ता गराएका छन् । मनबहादुर दर्लामीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सिन्जालीको मनोनय दर्ताका लागि नेकपाबाट प्रदेश ५ का सांसद कमराज श्रेष्ठ, दिनेश पन्थी, नेकपा गुल्मी अध्यक्ष मधुकृष्ण पन्त सहितका नेता लगायत स्थानीय कार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए।

कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, गुल्मी जिल्ला सचिव खिलध्वज पन्थीसहितका नेता तथा अगुवा कार्यकताहरु बेदप्रसाद दर्लामीको उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए ।

उपनिर्वाचन हुन लागेको यस वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

यसअघि २०७४ सालमा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट पूर्णबहादुर रेग्मी विजयी भएका थिए । उनको निधन भएपछि यो वडामा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?