+
+

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा आठ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १७:०६

२७ कात्तिक, विराटनगर । मंसिर १४ गते हुने उपनिर्वाचनमा पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपा, नेपाली कांग्रेससहित आठवटा दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका  छन् ।

फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाबाट वीरबहादुर कुरुङवाङ, नेपाली कांग्रेसबाट वृज आङदेङ्बे, समाजवादी पार्टीबाट बिमला आङदेम्बेले मनोनयन दर्ता गराएका छन् । राप्रपाबाट ससुहाङ चेम्जोङ, राप्रपा संयुक्तबाट मोतीप्रसाद लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपेन चेम्जोङ, मंगोल नेशनल अर्गनाइजेसनबाट उदय सुनुवार, राष्ट्रिय जनमुक्ति पार्टीबाट इच्छाबहादुर चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् ।

पाँचथरमा एक गाउँपालिका अध्यक्ष र दुई वडा अध्यक्ष पदमा उपचिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार फाल्गुनन्द गाउँपालिका अध्यक्षमा ८, फिदिम नगरपालिका– १ को अध्यक्षमा ७, हिलिहाङ गाउँपालिका– ७ को अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै फिदिम नगरपालिका – १ बाट नेकपा गजाधर भट्टराई, कांग्रेसबाट शभराज थापा, समाजवादी पार्टीबाट गौरव लामा, राप्रपा संयुक्तबाट कल्पना राई, राप्रपाबाट मिलन गिरी, राप्रपा लोकतान्त्रिकबाट जानुका थाम्सुहाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वीरबहादुर केरुङले उम्मेदवारी दर्ता गराएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?