२८ कात्तिक, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष ०७६/७७ को पहिलो त्रैयमासमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा यस वर्षको असोज मसान्तमा बैंकले ९ प्रतिशतले मूनाफा बढाउदै ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्म बैंकको वितरण योग्य मूनाफा भने ३० करोड ८४ लाख रुपैयाँ देखिएको छ ।
पहिलो त्रैमासमा बैंकले १ खर्ब ३४ अर्ब ७४ करोड निक्षेप संकलन गरेको छ । लगानी भने बैंकको १ खर्ब ९ अर्ब ५३ करोड कर्जा लगानी देखिएको छ ।
यस अवधिमा बैंकले १ अर्ब ४३ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख सञ्चित देखिन्छ ।