+
+

तनहुँमा करेन्ट लागेर दुई जना भारतीय नागरिकको मृत्यु

रासस रासस
२०७६ कात्तिक २८ गते १७:४१

२८ कात्तिक, दमौली । करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा बिहीबार दुई जनाको मृत्यु भएको छ ।

निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?