+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

चितवनमा जंगली जनावरबाट हुने क्षतिको बीमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १९:३७

२९, कात्तिक, चितवन । चितवनको रत्ननगर नगरपालिकाले जंगली जनावरबाट हुने सम्भावित क्षतिको बीमा सुरु गरेको छ ।

रत्ननगर नगरपालिकाको नेतृत्वमा स्थानीय बाघमारा मध्यवर्ती सामुदायिक वन, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र अर्थ इन्ष्टिच्युटको साझेदारीमा बीमा कार्यक्रम सुरु गरिएको हो । मध्यवर्ती क्षेत्र वरपरका विपन्न वर्गलाई लक्षित गरी नेपालमै पहिलो पटक यो कार्यक्रम सुरु भएको नगरपालिकाका मेयर नारायण वनले बताए ।

पहिलो चरणमा सौराहानजिकको बद्रेनीका १ सय ४९ घरको बीमा गरिएको छ । जंगली जनावरबाट हुने मानवीय, भौतिक, घरपालुवा पशु चौपाय र वालीनालीको एकमुष्ट बीमा गरिएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी मार्फत गरिएको बीमा कार्यक्रममा रत्ननगर नगरपालिकाको २५ प्रतिशत, अर्थ इन्ष्टिच्युटको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वन र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको २५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत गरी ७ लाख २५ हजारको बीमा गरिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङले बताए ।

जंगली जनावरको आक्रमणबाट कुनै व्यक्तिको मृत्यु भएमा १० लाख, घाइते भएमा १ लाख घर तथा भौतिक संरचनामा क्षति भएमा १० लाख, घरपालुवा जनावर मारिएमा १२ देखि ४० हजार सम्म र बालीनालीमा क्षति गरेमा क्षतिको ७५ प्रतिशत बीमामार्फत राहत पाउने मृगकुञ्जका अध्यक्ष बासु ढुंगानाले बताए ।

मध्यवर्ती क्षेत्रका बासिन्दाहरु घाँस दाउरा गर्न जंगल जाँदा जंगली जनावरको आक्रमणबाट मृत्यु भएमा कतैबाट राहात नपाउने भएपछि यस्तो कार्यक्रम सुरु गरिएको हो ।

‘जंगल जाँदा मानिस घाईते वा मृत्यु भएमा कहि कतैबाट राहात पाउने अवस्था थिएन, अब यो कार्यक्रमले राहात मिल्ने छ’ मेयर वनले भने ‘पहिलो चरणमा बद्रेनीका बासिन्दामा गरेपनि बिस्तारै मध्यवर्ती क्षेत्रका अन्य क्षेत्रमा विस्तार गरिने छ ।’

बीमा कार्यक्रम शुभारम्भका लागि आएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वद्रेनीका स्थानीयलाई बीमालेख हस्तान्तरण गरेका थिए । मुख्यमन्त्री पौडेलले बीमा कार्यक्रमले स्थानीयलाई संरक्षणमा अझ जागरुक वनाउन मद्दत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?