+
+

आईसीएमएस र जापानको विश्वविद्यालयबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १२:०२

८ मंसिर, काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज (आईसीएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच सम्झौता भएको हो ।

आईसीएमएसले काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी गराएको हो । समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्र्तगत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने बताए ।

डाक्टर तुलाधरले कलेजले विद्यावारिधी पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताए ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसिएमएसले संकट व्यवस्थापन विषयमा अध्ययन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?