+
+

गैरकानूनी सम्पत्ति आर्जनमा मुछिए अख्तियारका पूर्वप्रमुख, सबै सम्पत्ति रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते ७:०२

१० मंसिर, काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले दिएको निर्देशन र शुल्क फिर्ता गर्न मेडिकल कलेजले देखाएको उदासीनताले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक अख्तियार पूर्वप्रमुख आयुक्तमाथि थालिएको अनुसन्धान, दक्षिण एसियाली खेलकुदको तयारीलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

दुर्लभ रेडपान्डाको तस्वीर छापेको कान्तिपुरले ‘पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का’ शीर्षकमा मुख्य समाचार बनाएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको हो ।

कान्तिपुरका अनुसार, विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्नेगरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिन गरिरहेको छ । ‘सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ’, प्रधानमन्त्री कार्यालयमा बस्न्यातबारे भएको ब्रिफिङमा सहभागी एक अधिकारीलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ ।

प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावासायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको समाचारमा उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको अख्तियारकै पूर्वप्रमुख गैरकानूनी सम्पत्ति आर्जनमा मुछिएको यो पहिलो घटना हो ।

दुई नागरिकता बनाएर कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार गौतमले ३४ करोड ठगी गरेको खबर अन्नपूर्णमा छापेको छ । गौतमले तेजबहादुर थापाको नाममा नागरिकता बनाएर ३४ करोड ठगी गरेका हुन् ।

‘कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले । विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले । एक–दुई हजार, लाख होइन, करोड पनिज होइन, ३४ करोड रुपैयाँ’, अन्नपूर्णले समाचारको लिड लाइनमा लेखेको छ ।

यति ठूलो रकम ठगी गर्दा पनि बैंकले थाहा पाएन । राजीनामा दिएर विदेश पलायन भएपछि मात्रै यसको पोल खुलेको अन्नपूर्ण समाचारमा उल्लेख छ ।

सागको सुस्त तयारीबारे पनि अन्नपूर्णले समाचार बनाएको छ । समाचार अनुसार, विदेशी खेलाडी नेपाल आइसके पनि रंगशालालगायतका पूर्वाधार निर्माण अझै सकिएको छैन ।

वीर अस्पतालको जग्गा अनियमितताबारेको प्रतिवेदन गुपचचुप राखेर फेरि छानबिन समिति गठन गरिएको खबर नागरिकमा छ भने राजधानीले सभामुख नहुँदा पाँच विधेयकको प्रमाणीकरणमै अन्योल भएको लेखेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?