+
+

विप्लव समूहका भोजपुर सेक्रेटरी बम विष्ट कारागार चलान 

रासस रासस
२०७६ मंसिर ११ गते १५:०५

११ मंसिर, भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

विष्टलाई भोजपुर नगरपालिका–१२ बेहेरे दोभान र रामप्रसा दराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको स्काभेटरमा जेसिबीमा आगजानी, टेम्केमैयुङ गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा आगजानी, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजानी गर्नुका साथै हातहतियार, विस्फोटक पदार्थलगायत अपराधिक मुद्दा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

टेम्केमैयुङ गाउँपालिका–५, खावा घर भएका जिल्ला सेक्रेटरी विष्टलाई भोजपुर नगरपालिका–१०, भैँसीपङ्खाको गजुरमुखी भिरछेउको जङ्गलबाट गत असोज ५ गते पक्राउ परेको थियो । पक्राउ परेका विष्टको साथबाट प्रहरीले दुई थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल दुई थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट एक थान पनि फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?