+
+

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते ७:३०
फाइल फोटो

१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । नियमित जाँचका क्रममा उनीहरु समातिएको भन्सार कार्यालयका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । विमानस्थल प्रहरीका प्रमुख डीआईजी सूर्य उपाध्यायका अनुसार उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।

पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करको र्‍याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समयसमयमा सुन बरामद हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?