+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निर्वाचन आयुक्त दाहालले गरे मतदान केन्द्र अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते ९:५३

१३ मंसिर, भक्तपुर ।  मंसिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गरेका हुन् । उनले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका हुन् ।

त्यसैगरी उनले मतगणनास्थल विद्युत् प्राधिकरण तालीम केन्द्र खरीपाटीको समेत अनुगमन गरेका थिए । सो अवसरमा आयुक्त दाहालले स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान केन्द्रमा खटिएका सबै कर्मचारीलाई निर्देशन दिए।

मतगणनास्थलमा पनि सबैको नियमानुसार सहज प्रवेश तथा सूचना सम्प्रेषणको लागि सञ्चारमाध्यमलाई विशेष स्थान दिनुपर्नेमा उनले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधान र जिल्ला निर्वाचन अधिकारी घमचन्द्र तिम्सिनाले सुरक्षा व्यवस्था मजबुत भएको जानकारी गराएका थिए ।

सबै मतदान केन्द्रमा मतदान अधिकृत आ-आफ्नो मतदान केन्द्रमा पुगिसकेको र सर्वदलीय बैठक राखी मतदाता परिचयपत्रसमेत  वितरण गरिएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बझ्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?