+
+

ब्राउन सुगरसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १२:३६

१३ मंसिर, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ का २८ वर्षीय इन्द्रजीत धामी,  धनगढी उपमहानगरपालिका-८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका-१ बस्ने १९ वर्षीया मोनिका थापा भनेर चिनिने मोनिका बुढा रहेका छन् ।

धनगढी उपमहानगरपालिका १ स्थित होटल पुष्पाञ्लीको कोठा नम्बर ७०१ बाट ३ ग्राम ७६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

होटलमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा छापा मारेर उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरिएको बस्नेतले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई लागूऔषध ब्राउग सुगर कारोबारी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?