१४ मंसिर, डोटी । डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेका छन् । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
त्यस्तै, आदर्श गाउँपालिका–२ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजे डिस्पोज गरेको छ ।
आदर्शनगर–२ मा भइरहेको निर्वाचनलाई लक्ष्य गरेर बम विस्फोट गराइएको हो । विस्फोटमा विप्लव समूह संलग्न रहेको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4