+
+
Shares

प्यूठान नगरपालिका-२ को अध्यक्षमा नेकपाका पोख्रेल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते ९:२९

१५ मंसिर, प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहन सिंह विष्टलाई दुई सय ८४ मतअन्तरले पछि पार्दैए नेकपाका पोख्रेल दाखाक्वाडी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

पोख्रेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । यस वडामा राष्ट्रिय जनमोर्चाले नेकपाका पोख्रेललाई साथ दिएको थियो ।

यस वडामा कूल ३ हजार २१ मतदातामध्ये १ हजार ९ सय ९५ मत खसेको थियो । २५ मत बदर भएको थियो ।

अघिल्लो निर्वाचनमा वडा अध्यक्ष निर्वाचित खिमबहादुर बिष्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?