+
+

अपराध नियन्त्रणमा समुदायको सहयोग अपरिहार्यः सर्वेन्द्र खनाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १४:०४
तस्वीरः केन्द्रीय प्रहरी समाचार कक्ष

१५ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको बताएका छन् ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरुबीच आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रविधिसँगै प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताए ।

राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै खनालले सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोग जस्ता गतिविधिहरु अहिलेको चुनौतिको रुपमा रहेको जनाए ।

उनले अगाडि भने, ‘त्यस्ता अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्वपूर्ण हुन्छ ।’

खनालले विद्यार्थीहरुको जिज्ञासाहरुको जवाफ दिँदै विगतभन्दा बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान गर्ने बताए ।

समुदायको सूचनाको महत्व र यसले अपराध नियन्त्रणमा खेलेको भूमिकाको सराहना गर्दै उनले शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत उपस्थित विद्यार्थीहरुलाई आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?