
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारतले नेपाललाई उछिनेको छ ।
लगातार तीन दिन नेपाल पदक तालिकाको शीर्ष स्थानमा थियो । तर बुधबार साँझबाट भारत शीर्ष स्थानमा उक्लिएको छ । उसले ३४ स्वर्णसहित कुल ७१ पदक जितेको छ ।
नेपालले २९ वर्णसहित ६९ पदक जितेको छ । पहिलो दिन १५ र दोस्रो दिन ८ स्वर्ण जितेको नेपालले बुधबार भने मात्र ६ वटा स्वर्ण थप्न सक्यो ।
तेस्रो स्थानमा रहेको पाकिस्तानको ९ स्वर्णसहित ४५ पदक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4