+
+

दोलखाका सीडीओ रिजाल काठमाडौं तानिए

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १२:४९

२० कात्तिक, काठमाडौं । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् ।

अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको सार्वजनिक भएपछि रिजाललाई छानविनका लागि तानिएको हो ।

गृह प्रवक्ता सह-सचिव केदारनाथ शर्माले शुक्रबार रिजाललाई गृहमन्त्रालयमा तानिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘उहाँमाथि लागेको आरोपको सम्बन्धमा अब छानविन हुन्छ ।’

रिजालले मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको छ । रकम लिएर मुद्दा नचलाउने निर्णय गरेको अभियुक्तको दाबी छ ।

रिजालले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर पनि काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?