+
+

नवलपरासीमा एक वर्षमा ४४ बलात्कारका घटना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १४:१९

२० मंसिर, नवलपरासी । पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा गरी एक वर्षमा ४४ वटा बलात्कारका घटना भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै २ जिल्लामा ४४ महिलामाथि बलात्कार भएको उजुरी परेको हो ।

जसमध्ये पश्चिम नवलपरासीमा २७ वटा र पूर्वी नवलपरासीमा १७ वटा उजुरी परेको प्रहरीको तथ्यानंकमा उल्लेख छ ।

यस्तै पश्चिम नवलपरासीमा जवरजस्ती करणी प्रयासका ७, बाल यौनदुर्व्यबहारका ४, र मानवबेचखिनका ११ उजुरी परेका थिए ।

पूर्वी नवलपरासीमा जबरजस्ती करणी प्रयासका २ र महिलामाथि हुने अभद्र व्यवहारका १४ उजुरी परेका थिए ।

यस्तै, चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म पाँचवटा जबरजस्ती करणीका घटना जिप्रकामा दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?