
२३ मंसिर, काठमाडौं । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ ।
नेपालले सोमबारका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्यसहित कूल १९५ पदक जितेको छ । नेपालले बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।
भारत पदक तालिकाको शीर्षस्थानमै । भारतले १५९ स्वर्ण, ९१ रजत र ४४ कास्यसहित कूल २९४ पदक जितेको छ । श्रीलङ्का ३९ स्वर्ण, ७९ रजत र ११८ कास्यसहित तेस्रो, पाकिस्तान ३२ स्वर्ण, ३७ रजत र ५५ कास्यसहित चौथो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4