+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१४ फागुनमा हरहालतमा स्ववियु चुनाव हुन्छ : अनेरास्ववियू नेता तामाङ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १५:१०

२४ मंसिर, धनगढी । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् । तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्घ हुन नहुने बताए ।

आज धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै तामाङले भने, ‘हामी आउँदो फागुन १४ गते जुनसुकै मूल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्छौं ।’

तामाङले विश्वविद्यालय प्रशासनलाई चुनावको सबै तयारी गर्न आग्रह गरे ।

कार्यक्रममा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आउँदो स्ववियु निर्वाचनमा अनेरास्ववियूले ८० प्रतिशत क्याम्पसमा जित्ने दावी गरे ।

अनेरास्ववियू नेतृ सुनिता बरालले अनेरास्ववियूको एकता चाँडै टुंगो लाग्ने बताइन् ।

त्यस्तै अनेरास्ववियूका अर्का नेता तिलकराज भण्डारीले विश्वविद्यालयको उन्नयन र विद्यार्थी हकहितका लागि स्ववियु निर्वाचन हरहालतमा हुनपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?