+
+

शिक्षा नीति सार्वजनिक, निजी विद्यालयलाई नियमन मात्र

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १६:२२

२५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको नीति सार्वजनिक गरेका हुन् । तर उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझावहरु नै समावेश गरिएको छैन ।

निजी विद्यालयलाई नियमन गर्ने भन्ने मात्र उल्लेख छ । जबकी शिक्षामन्त्रीकै नेतृत्वमा बसेको आयोगले निजी विद्यालयहरुलाई गुठी अन्तर्गत ल्याउने र सेवामूलक बनाउन सुझाव दिएको थियो ।

‘जे सहमति हुन्छ, त्यो मात्र ल्याउन सक्ने अवस्था रह्यो’ मन्त्रालयका एक अधिकारीले भने, ‘आयोगले दिएका धेरै विषय समावेश भएको छ । निजीलाई नियमन गर्ने मात्र भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?