+
+

भ्रमण वर्ष सफल पार्न अनेरास्ववियूका सबै नेता-कार्यकर्ता स्वयंसेवकको रुपमा परिचालित हुने

देशभरका पर्यटकीय स्थलहरुमा नियमित सरसफाइ गर्न सहसंयोजक तामाङको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १४:२२

२६ मंसिर, कञ्चनपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ । नेता, कार्यकर्ता र आम विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालित गर्ने अनेरास्ववियूले जनाएको छ ।

अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको उत्सव भएको चर्चा गर्दै भने, ‘यो राष्ट्रिय उत्सवलाई सफल पार्न अनेरास्ववियूले आफ्ना सम्पूर्ण नेता कार्यकर्ताहरुलाई स्वयंसेवकका रुपमा परिचालित गर्ने निर्णय गरेको छ ।’

बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अनेरास्ववियूको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तामाङले नेपाल भ्रमणमा आउने विदेशी पाहुनाहरुलाई आ-आफ्नो ठाउँमा न्यानो आतिथ्यता प्रदान गर्न र देशभरका पर्यटकीय स्थलहरुमा नियमित सरसफाइ गर्न निर्देशन दिए ।

उनले सामाजिक सन्जालमार्फत नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्न पनि निर्देशन गरे ।

अर्को प्रसंगमा सहसंयोजक तामाङले अबको दुई हप्ताभित्र अनेरास्ववियूको एकताले पूर्णता पाउने बताए । कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुरेन्द्र बस्नेत, सुनिता बराल, तिलकराज भण्डारी र एलवि सिंहले एकतालाई चाँडै टुंगो लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?