+
+

सञ्चार माध्यममा तस्वीर छाप्न अकुपाईं अभियान चलाइयो : मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १३:५३

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही व्यक्तिहरु सञ्चारमाध्यमहरुमा आफ्नो तस्वीर छाप्नका लागि अकुपाई टुँडिखेल अभियान सुरु गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर शाक्यले अभियानको चर्को बिरोध गरे । ‘कतिपयलाई सामाजिक सञ्जालमा राख्न त, कसैलाई समाचारमा आफ्नो तस्वीर छाप्न केही न केही बहाना बनाउनुपर्ने आदत बनेको हुन्छ,’ मेयर शाक्यले भनेे, ‘कतिपयले त समाचारको पात्र बन्नका लागि पनि विभिन्न खाले अभियान चलाइरहेका छन्, अहिलेको अकुपाई टुँडिखेल अभियान पनि त्यस्तै होइन भन्ने अवस्था देखिएको छैन ।’

टुँडिखेल मिचिएको देख्नेले बसन्तपुर मिचिएको नदेखेको उनको भनाइ थियो । उनले अघि भने, ‘बसन्तपुर वरीपरी बसेर छलफल गर्ने

साथीहरुलाई म प्रश्न गर्न चाहन्छु, नौतले दरबार अगाडि कन्टेनर राखेर एकातिर चाइनिज र अर्कोतिर पुरातत्व विभागले निर्माण सामाग्री थुपारेको छ । अब त्यसलाई अकुपाई हनुमानढोका भन्न मिल्ने कि नमिल्ने ?’

उनले पूर्वाग्रह राखेर अभियान चलाइएको दाबी गरे ।

मेयर शाक्यले टुँडिखेल मिचिनुमा नेपाली कांग्रेस नेता भिमसेनदास प्रधानको भूमिका रहेको समेत बताएका छन् । प्रधान रक्षामन्त्री भएकै बेलामा नेपाली सेनालाई संरचना निर्माण गर्न अनुमति दिइएको उनले दाबी गरे ।

मेयर शाक्यले अहिले अस्तव्यस्त रहेको खुलामञ्च भने केहि दिनमा खाली हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?