+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ए डिभिजन लिग : राष्ट्रिय टिमका दुई पूर्वकप्तानको भिडन्त, १५ वर्षपछि ब्रिगेडबाट खेल्दै अनिल गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २८ गते ९:२१

काठमाडौं । अनिल गुरुङ र विराज महर्जनले संँगै राष्ट्रिय टिमबाट खेले । अनिल नेपालको राष्ट्रिय टिमका कप्तान हुँदा विराज उपकप्तान थिए । अनिलले सन्यास लिएपछि विराज नै नेपालको कप्तान बने । पछिल्लो समय विराज पनि राष्ट्रिय टिममा पर्न असफल रहे ।

यी दुई खेलाडीको क्लब शनिबार शहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटनमा खेल्दैछन् । अर्को संयोग के पनि छ भने दुवै खेलाडीले यसपटक क्लब फेरेका छन् र नयाँ क्लबमा दुवै जना कप्तानको भूमिकामा रहेका छन् ।

विराज महर्जनको कप्तानीमा मनाङ मर्स्याङ्दी क्लबले गत सिजनको लिग जितेको थियो । गत सिजनकै लागि अनिल भने मनाङबाट थ्रीस्टार गएर खेलेका थिए । यस पटक दुवैले पानो क्लब छाडे । अनि विराजसहित मनाङबाट ७ खेलाडीलाई मछिन्द्रले अनुबन्ध गर्‍यो । उता अनिल १५ वर्षपछि पुरानै क्लब ब्रिगेड ब्वाइज क्लब (बीबीसी)मा फर्किएका छन् ।

विक्रम संवत् २०६२ मा अनिल गुरुङले बीबीसीबाटै ए डिभिजन लिग खेल्न शुरु गरेको गरका थिए । डेढ दशकपछि अनिल घुमिफिरी पुन: बीबीसी पुगेका हुन् । यस सिजन बीबीसीको कप्तानीसमेत अनिलले नै गर्नेछन् ।

विराजको मछिन्द्र र अनिलको बीबीसी शनिबार खेल्दा झण्डै पाँच वर्षपछि दशरथ रंगशालामा ए डिभिजन लिग फर्किनेछ । २०७२ सालको विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा समेत असर परेको थियो । र ४ वर्षपछि यही मंसिर १० देखि २५ गतेसम्म भएको १३औं सागअन्तर्गत पुरुष फुटबल दशरथ रंगशालामा आयोजना भएको थियो।

यस पटक आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालfमा पनि लिगका खेलहरु आयोजना गरी नेपाली दर्शकलाई फुटबल हेर्न अवसर दिन लागेको हो ।

मछिन्द्रले यस पटक लिगको उपाधि नै जित्ने हिसाबले खेलाडी जम्मा पारेको छ । राष्ट्रिय टिमको नेतृत्व गरिसकेका विराजसहित साग फुटबलमा स्वर्ण जितेको यू २३ टोलीका कप्तान सुजल श्रेष्ठ, यू १९ राष्ट्रिय टिमको कप्तान रेजिन सुब्बा, विशाल श्रेष्ठ, विशाल राईल हेमन गुरुङल अभिषेक रिजालल देवेन्द्र तामाङ जस्ता खेलाडीलाई मछिन्द्रले अनुबन्ध गरेको छ ।

लिगको अघिल्लो दिन मछिन्द्रले १७ स्टार खेलाडीको नाम सार्वजनिक गर्दै लिगको लागि दाबेदारी पेश गरिसकेको छ । क्लबको प्रशिक्षकमा एएफसी ए लाइसेन्स सर्टिफाइड प्रवेश कटुवाल छन् । उनले पनि क्लबको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् । ‘हामीले त्यसैका लागि भनेर स्टार खेलाडी अनुबन्ध गरेका छौँ,’ प्रवेशले भने, ‘म झापा-११ को प्रशिक्षक हुँदा अहिलेको धेरै खेलाडीसँग सहकार्य भइसकेको छ त्यसैले पनि सहज हुन्छ भन्ने आशा छ ।’

विशाल राई र दीपक राईले यसअघि मछिन्द्रबाट लिग खेलिसकेका छन् । कप्तान विराज महर्जनले पनि टिम राम्रो बनेको र उपाधिकै लागि खेल्ने बताएका छन् ।

उता अनिलसहित अनुभवी खेलाडीहरु विजय गुरुङ र उत्तम गुरुङलाई अनुबन्ध गरेको बीबीसीले यस पटक लिगमा राम्रो स्थान ल्याउने लक्ष्य राखेको छ । अधिकांश यू १८ टिमका खेलाडी रहेको बीबीसीले उनीहरुलाई साथ दिन अनुभवी खेलाडी भित्रयाएको क्लबका म्यानेजर अर्विन गुरुङले बताएका छन् । ‘हाम्रो टिममा ९० प्रतिशत खेलाडी यू १८ का छन्। उनीहरुलाई सहयोग पुग्छ भनेर तीन अनुभवी खेलाडी लयाएका छौँ,’ गुरुङले भने ।

बीबीसीमा बृजेश चौधरी, शिशिर लेखी, रन्डिप पौडेल, रोशन राना मगर, रोशन दोङ जस्ता यू १८ टिमका खेलाडी छन् । युवा र अनुभवी खेलाडीको मिश्रणबाट बीबीसीले यसपटक लिगमा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ । यस्तै प्रशिक्षकमा एफए लेभल ई लाइसेन्स रहेका खगेन्द्र पुनलाई अनुबन्ध गरेको म्यानेजर गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?