Comments Add Comment

जाडोमा छाला, ओंठ र कपालको कसरी ख्याल राख्ने ?

लामो समयदेखि मेकअप आर्टिष्टको रुपमा सक्रिय छिन्, मञ्जु कार्की पाण्डे । थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा मेकअप आर्टिष्टको रुपमा समेत काम गरिसकेकी पाण्डेसँग जाडो र विवाहको मौसममा केन्द्रित रहँदै हामीले कार्कीसँग केही जिज्ञासा राखेका छौं । कुराकानीको सम्पादित अंश :

जाडो मौसममा छालाको हेरचाहको लागि के गर्नुपर्छ ?

जाडो मौसममा हावा र पानी चिसो हुने भएकाले छाला सुख्खा र फुट्ने सम्भावना धेरै हुन्छ । त्यसैले  जाडो मौसममा छालालाई विशेष प्रकारले हेरचाह गर्न आवश्यक छ । जाडो मौसममा छालालाई नरम बनाई राख्नका लागि दिनमा एक पटक क्लिजिङ मिल्कले अनुहार सफा गर्नुपर्छ ।

यसो गर्नाले अनुहारमा फोहोर जम्न पाउँदैन र अनुहार सफा रहिरहन्छ । त्यस्तै छालालाई कोमल र नरम बनाउनका लागि राति सुत्नु अगाडि अनुहारमा मोइश्चराइजर, भिटमिन-ई लगाउनुपर्छ ।

विभिन्न प्रकारका छालाहरुका लागि भिन्दा भिन्दै हेरचाहको आवश्यक हुन्छ कि हुँदैन ?

हरेक मानिसको भिन्दाभिन्दै प्रकारको छाला हुन्छ । कसैको छाला चिल्लो हुन्छ भने कसैको सुख्खा । त्यसैले धेरै ओयली स्कीनलाई समय समयमा स्क्रब गर्नुपर्छ र अयल फ्रि क्रिम प्रयोग गर्नुपर्छ । त्यस्तै, अयल कन्टोल गर्ने प्याकहरु पनि समय समयमा अनुहारमा लगाउनुपर्छ । भने सुख्खा छालालाई समय समयमा फेशियल गर्ने राति र दिनमा प्रयोग हुने मइश्चराइजरको प्रयोग गर्नुपर्छ ।

ओठको सुन्दरताका लागि के गर्ने ?

जाडो मौसममा ओठ सुख्खा हुन्छ । त्यसैले ओठमा भ्यासलिन र भिटामिन-ई लगाउनु सुत्नुपर्छ अनि मात्र ओठ सुख्खा हुनबाट बच्छ । मोश्चराइजरले पनि ओठलाई हल्का मसाज गर्नाले पनि ओठ सुख्खा हुनबाट बचाउन सकिन्छ । त्यस्तै गुणस्तरीय लिपस्टिकहरुको मात्र प्रयोग गर्नुपर्छ ।

मञ्जु कार्की पाण्डे

जाडो मौसममा हात-खुट्टा सुख्खा हुने समस्याको समाधान के छ ?

यदि जाडोमा हात-खुट्टा सुख्खा हुन्छ सुत्ने बेलामा मनतातो पानीमा नुन हालेर डुबाउनुपर्छ र पुछेर बडी लोसन अथवा भ्यासलिन लगाउनुपर्छ । यो प्रकृया हप्तामा दुई अथवा तीन पटकसम्म गर्नुपर्छ । खुट्टालाई धुलोबाट बचाउनका लागि मोजाको प्रयोग गर्ने र समय समयमा मेनी केयर र पेडिकेयर गर्नुपर्छ ।

जाडो सँग-सँगै अहिले विवाहको मौसम पनि छ, विवाहमा सुन्दर देखिन के-के कुरामा ध्यान दिनुपर्छ ?

विवाह हुने भन्ने निधो भएपछि पहिलेबाट नै आफ्नो सौन्दर्यलाई ध्यान दिन सुरु गर्नुपर्छ । त्यसैले विवाहमा दुलहीलाई सुन्दर देखाउनका लागि एक महिना अघिदेखि नै ब्यूटी केयर गर्नुपर्छ । खासगरी खानपान तथा निद्रा पर्याप्तमात्रामा हुनुपर्छ ।  चिल्लो तथा अथवा सुख्खा स्किन, कस्तो छ हेरेर त्यही अनुरुप हेरचाह गर्नुपर्छ । ओयली स्किनलाई स्क्रब र फेस वास गर्नुपर्छ । अनि राति सुत्नु अगाडि मोइश्चराइजर लगाउनुपर्छ । यदि तपाईंको छाला सुख्खा छ भने एक महिनादेखि नै क्लिजिङले अनुहार सफा गर्नुपर्छ । हामीले सकेसम्म गुणस्तरीय मोइश्चराइजर नै प्रयोग गर्नुपर्छ ।

अहिले दुलहीको शृंगारमा कस्तो फेशन चलेको छ ?

पहिले जस्तो रातो रंगलाई नै प्राथमिकता दिनुपर्छ भन्ने छैन । आफ्नो अनुहारको आकार, छालाको रंग अनुसार गुलाबी, सुनौलो रंगका पहिरन र मेकअप पनि त्यही अनुसार नै गर्दा राम्रो हुन्छ ।

दुलहीले मेकअप गर्दा कुन-कुन कुरामा ध्यान दिनुपर्छ ?

दुलहीको मेकअपमा पहिला अनुहार कस्तो प्रकार छ हेर्नुपर्छ । ड्राई र ओयली कस्तो छ ? हेर्नुपर्छ र माथि भनिए अनुसार नै हेरचाह गर्नुपर्छ । त्यसबाहेक टोनर, मोइश्चराइजर, सनब्लक, प्राइमर, आफ्नो छाला अनुसार कन्सिलर लगाएर फाउन्डेशनले कभर गर्नुपर्छ ।

मेकअप बाहेक सुन्दर देखिन अरु के-के कुरामा ध्यान दिनुपर्छ ?

सुन्दरतामा खानपान, पर्याप्त निद्रा, व्यायाम गर्नुपर्छ । जसले अनावश्यक बोसो घटेर फिट देखिन्छ र छालामा ग्लो आउँछ । दिनहुँ वर्कवाउट गर्दा छालामा टोनिङ हुन्छ । चाँडो सुत्ने अनि चाँडो उठ्नु सुन्दरताको लागि राम्र्रो मानिन्छ । निद्रा नपुग्दा छाला चाउरिने, आँखा मुन्तिर कालो दाग बस्ने, छालामा चार्म आउँदैन । सुन्दर हुनका लागि यी सबै कुराको ठूलो भूमिका छ ।

विवाहमा सहभागी हुन जानेहरुलाई कस्तो मेकअप गर्न सल्लाह दिनुहुन्छ ?

विवाहमा सहभागी हुनेले हल्का मेकअप गर्नुपर्छ । किनभने हामी फस्ट पर्सन होइनौं । त्यसैले अनुहार अनुसारको फाउन्डेसन लगाउने र गाजल पनि हल्का देखिने हुनुपर्छ । यसका साथै पहिरन अनुसारको मेकअप गर्नुपर्छ । त्यसैले आफूलाई सुहाउने मेकअप गर्नुपर्छ । हल्का आइस्याडो लगाउन सकिन्छ ।

मेकअप र स्किन केयरको साथै हेयर स्टाइलहरुको बारेमा पनि के सल्लाह दिनुहुन्छ ?

हेयरका लागि सजिलो छ । हिजोआज बजारमा विभिन्न किसिमका जोरोवन पाइन्छ । यसलाई प्रयोग गर्न दुलहीलाई जुरो बनाउँदा साइडबाट कपाल निकालेर कर्ल गर्ने, थोरै पफ उठाएर, कपाल घुमाउँदै अथवा स्टे्रट गर्दै पछाडि लगेर जुरो बनाउन सकिन्छ  । थोरै भलुम उठाएर ब्याककोम गर्दै जुरो बनाउन सकिन्छ । अनुहार अनुसारको हेयर स्टाइल बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment