+
+

रत्ननगरमा सुकुम्बासीका लागि आवास निर्माणको थालनी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १९:२७

३० मंसिर, चितवन । चितवनको रत्ननगर नगरपालिकाले सुकुम्बासी समुदायका लागि घर बनाउने कामको थालनी गरेको छ । रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा रत्ननगर–८ बगर टोलमा रहेका सुकुम्बासी समुदायलाई आवास निर्माण गर्न थालिएको हो ।

नगरपालिकाका मेयर नारायण वनले घर बनाउने कार्यको शुभारम्भ सोमबार एक कार्यक्रमका बीच गरेका छन् । शहरी गरिबी सहयोग कोषको ऋण सहयोग घर बनाएर सुकुम्बासीलाई हस्तान्तरण गरिने नगरपालिकाका मेयर वनले जानकारी दिए ।

सोमवार ९ वटा घरको शिलान्यास गरिएको छ । कोषबाट ६ प्रतिशत व्याजदरमा ऋण लिएर सुकुम्बासीहरुले घर निर्माण गरिने छ । घर बनाउँदा लिएको ऋण तिर्नकै लागि नगरपालिकाले सुकुम्बासी समुदायलाई उत्पादनशिल काम गर्न सहयोग गर्ने छ । ऋण लिएर घर बनाउने र कमाएर तिर्ने गरी आवास निर्माण सुरु गरिएको हो । सुकुम्बासी समुदायको आम्दानीको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने मेयर वनको भनाइ छ ।

सजिलो तरिकाले आफ्नै लगानीमा घर बनाउने उपर्युक्त विकल्प दिइएको भन्दै मेयर वनले यसअघि रत्ननगर–८ कै मुसहर वस्तीमा कोषबाट ऋण लिएर २० वटा घर बनाइसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?