+
+

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १४:०५

१ पुस, वीरगञ्ज । प्रहरीले ज्यान मार्ने उद्योग मुद्धामा ४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय राजेश यादव पक्राउ परेका हुन् ।

उनले २०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई लाठी फाटाले कुटपिट गरी घाइते बनाएका थिए । उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

घटनापछि फरार उनलाई मंसिर ३० गते सोमबार साँझ प्रहरीले गाउँबाटै नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?