+
+

बाराबाट लागूऔषध चरेशसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते १९:११

२ पुस, वीरगञ्ज । बाराबाट प्रहरीले ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर ग्राम कोरैया लौखान वडा नं.८ बस्ने ४० वर्षीय गुलाबी प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बसपार्क बाराबाट खटिएको प्रहरी टोलीले कुशवालाई नियन्त्रणमा लिएको हो ।

कलैया उपमहानगरपालिका वडा नं.६ स्थित संदिप साहको होटलमा खाना खाई रहेको अवस्थामा कुशवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पिँठ्युमा बोक्ने कालो रंगको झोला चेकजाँच गर्दा झोलाभित्र ९ वटा प्याकेटमा ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?